दफा १४
मालपोत असूल हुन बाँकी जग्गाको फाँटवारी
-दफा १३ बमोजिमको म्यादभित्र पनि मालपोत नबुझाई बाँकी रहेको जग्गाको तोकिए बमोजिमको फाँटवारी मालपोत कार्यालयले आषाढ मसान्तसम्ममा तयार गर्नेछ । सरकारी कार्यालय वा स्थानीय तहले मालपोत उठाएको भए त्यस्तो फाँटवारी सरकारी कार्यालय वा स्थानीय तहले सो अवधिभित्र तयार गरी मालपोत कार्यालयमा पठाउनु पर्नेछ । सो फाँटवारी बमोजिमको मालपोत बाँकी रहेको जग्गा लिलाम बिक्री गरिने भएमा मालपोत कार्यालयले तोकेको ठाउँहरुमा आश्विन मसान्तसम्ममा सूचना प्रकाशित गर्नेछ ।